अफ्रिका कप अफ नेसन्स : उपाधिका लागि अल्जेरिया र सेनेगल भिड्ने


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, असार ३०, २०७६

  • काठमाडौं । असार ३० । अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको उपाधिका लागि अल्जेरिया र सेनेगल भिड्ने भएका छन् । सेमिफाइनलमा नाइजेरियामाथि २–१ जित निकालेसँगै उपाधिका लागि अल्जेरियाले सेनेगलसँगको भेट पक्का गरेको हो । आज बिहान सकिएको खेलमा अल्जेरियालाई बिजय बनाउन विलियम ट्रोस्ट र रियाद मेहरेजले गोल गरे ।

    नाइजेरियाका ओदिनले १ गोल फर्काएपनि हार टार्न सकेनन् । यसअघि आइतबार राति सेनेगल ट्युनिसियामाथि १–० को जित निकाल्दै फाइनल पुगेको हो । फाइनल आगामी शनिबार हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार