विसाकालाई नडराइकन खेल्न फर्वाड जाहाको सुझाव


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, असार ३०, २०७६

  • काठमाडौं । असार ३० । भान विसाकाले आफूलाई युनाइटेडका पुर्व फर्वाड जाहाले वर्ल्ड ट्राफोल्डमा नडराइकन खेल्न सुझाव दिएको बताएका छन् ।

    विसाका गत महिना क्रिस्टल प्यालेसबाट म्यानचेष्टर युनाइटेडमा ५५ मिलियन युरोमा आबद्ध भएका थिए । विसाकाले पहिलो खेल पर्थ ग्लोरीसित मैत्रीपूर्ण खेलेका थिए । जुन खेलमा २-० को अन्तरले युनाइटेडसँग पर्थ ग्लोरी पराजित भएको थियो ।

    “म मेरो  विकासलाई अर्को लेभलमा लान चाहन्थेँ र यो टिम त्यो हो, जहाँ म आफ्नो प्रदर्शन गर्न सक्छु,” विसाले भने,“जब म युनाइटेडमा आएँ तब जाहाले मलाइ भने, “नडराइकन खेल्नू । अनि आफ्नो खेल खेल्नु र अन्तिम सिजनमा जस्तो कमाल देखाउनू ।”

    उनले जाहा आफना लागि निकै खुशी रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार