यसरी बच्नुहोस् असुरक्षित फ्री वाइफाइबाट…


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, असार ३०, २०७६

  • काठमाडौं । असार ३० ।   इन्टरनेटको विस्तारसँगै यसको प्रयोगकर्ताको संख्या पनि उल्लेख्य मात्रामा बढिरहेको छ । साथै, यसको क्षेत्र पनि फैलिँदै गएको छ । जसका कारण इन्टरनेटविना जीवनको कल्पना गर्न पनि गाह्रो भइसकेको छ । धेरैले स्मार्टफोनबाट नै इन्टरनेटको प्रयोग गर्छन् । यस्तोमा बाहिर हिँड्दा फ्री वाइफाइ पाइयो भने मोबाइलमा कनेक्ट गर्न मानिसहरू हिच्किचाउँदैनन् । तर, यो राम्रो बानी होइन । किनकि, सबै फ्री वाइफाइ सुरक्षित हुँदैनन् । ह्याकरहरूले वाइफाइ राउटर कन्ट्रोल गरेर डाटाको प्रयोग के कामका लागि भइरहेको छ भन्ने कुरा थाहा पाउन सक्छन् । यस्तोमा फ्री वाइफाइ खोजिरहेका मानिसहरू ह्याकरको फन्दामा पर्ने सम्भावना बढी हुन्छ ।

    ह्याकरहरूले विभिन्न किसिमका फ्री वाइफाइसँग मिल्दोजुल्दो किसिमको नाम बनाउँछन् । यस्तोमा नक्कली फ्री वाइफाइ पहिचान गर्नु निकै कठिन हुन्छ । नक्कली वाइफाइबाट बच्न यहाँ केही उपाय दिइएको छ ।

    • यदि फ्री वाइफाइको प्रयोग गर्नु छ भने आफ्नो व्यक्तिगत जानकारी दिनुपर्ने साइट नखोल्नुहोस् । बैंक अकाउन्ट, नागरिकता नम्बर, घरको ठेगानाजस्ता सूचना फ्रीमा कनेक्शन भएको साइटमा दिनुहुँदैन ।
    • नेटवर्क भेरिफाई गर्नुहोस् । कुनै क्याफे, एयरपोर्टजस्ता स्थानमा राखिएको फ्री वाइफाइ साइटको आधिकारिक लगइन पेज हुन्छ । यदि यो देखिएन भने तपाईंले खोज्नुभएको फ्री वाइफाइ त्यो नहुन पनि सक्छ ।
    • एचटीटीपीएस वेबसाइट्स मात्र सर्फ गर्नुहोस् । यदि एचटीटीपी मात्रै छ भने सर्फिङ गर्नु खतरायुक्त हुन सक्छ ।
    • एन्टिभाइरसले पनि मोबाइलबाट चोरी हुन सक्ने केही डाटा बचाउन सक्छ । साथै, कठिन पासवर्डको प्रयोग गर्नाले पनि ह्याक हुने सम्भावना कम हुन्छ ।
    • भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गर्नुहोस् । सार्वजनिक वाइफाइमा यसले तपाईंलाई सुरक्षित राख्छ । यसले शुरूको विन्दुदेखि अन्तिमसम्म पनि सुरक्षित राख्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार