“म युभेन्टसमा आउँदा निकै खुसी छुु ।”: आरोन राम्से


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार ३१, २०७६

  • काठमाडौं । असार ३१  ।  युभेन्टसमा आबद्ध भएका आरोन राम्सेले विश्वकै उत्कृष्ट क्लबमा आउने सपना पूरा भएको बताएका छन् । सोमबार राती युभेन्टस स्टेडियममा पत्रकारहरुसँग राम्सेले युभेन्टस आउनुको कारण उत्कृष्ट क्लबमा खेल्ने इच्छा रहेको बताएका छन् ।

    २८ वर्षीय आरोन राम्से वेल्सका मिडफिल्डर हुन् । आर्सनलका पूर्वखेलाडी उनले आर्सनलको लागि २ सय ६२ प्रिमियर लिगका खेलमा ४० गोल गरेका छन् । उनले फेब्रुअरीमा युभेन्टससित ४ वर्षको  लागि सम्झौता गरेका थिए ।

    उनले भने, “म युभेन्टसमा आउँदा निकै खुसी छुु । म क्लबका अन्य खेलाडीझैं बन्नको लागि कडा मेहनत गरिरहेको छु र चाँडै नै उनीहरुजस्तो बन्नेछु । जब मैले सुने कि युुभेन्टसले मलाई लिन खोजिरहेको छ, मैले सोचेँ यो सपना हुनसक्छ अनि ठूलो चुनौती पनि । त्यहाँ अरु पनि क्लबहरु पनि छन् जो मलाई राख्न चाहन्छन् तर मेरो लागि सही क्लब यही हो । म विश्वकोे उत्कृष्ट क्लबमा आउन पाउँदा निकै खुसी छु,” उनले थपे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार