काठमाडौं । असार ३१ । अहिले स्मार्टफोन बजारमा छ्यापछ्याप्ती पाइन्छ । आफ्नो पैसा र आवश्यकता अनुसारको स्मार्टफोनको लागि धेरै विकल्प उपलब्ध हुन्छ । जुनसुकै स्मार्टफोन खरीद गर्दा पनि केही महत्वपूर्ण विषयमा ध्यान दिनु जरुरी हुन्छ । यस्तोमा यहाँ स्मार्टफोन खरीद गर्दा ध्यान दिनुपर्ने केही कुरा उल्लेख गरिएको छ–
१. डिजाइन
स्मार्टफोन खरीद गर्दा त्यसको डिजाइनको विषयमा पनि राम्रोसँग ख्याल राख्नुपर्छ । यस्तोमा फोनमा प्रयोग गरिएको ग्लास मेटलजस्ता कुरामा विशेष ध्यान दिनु पर्छ । साथै फोन चलाउँदा त्यसले दिने प्रतिक्रिया तथा चलाउन कत्तिको सहज छ भन्ने कुरामा पनि ध्यान दिनु जरुरी हुन्छ ।
२. डिस्प्ले
अहिले उच्च रेजुलसनको डिस्प्लेको प्रयोग अत्यधिक मात्रामा भइरहको छ । जसमा अहिले एमोएलईडी डिस्प्लेको छनोट गर्नु राम्रो हुन्छ । अन्य डिस्प्लेको तुलनामा एमोएलईडी डिस्प्ले भएका स्मार्टफोन चलाउन सजिलो हुन्छ ।
३. प्रोसेसर
प्रोसेसर स्मार्टफोनको मुटु हो । यदि प्रोसेसर छिटो र पावरफुल भयो भने फोनको काम पनि राम्रो हुन्छ । अहिले क्वालकोम स्न्यापड्र्यागन ८५५ प्रोसेसर राम्रा स्मार्टफोनमा प्रयोग गरिएको छ । यसले स्मार्टफोनमा केही हेभी गेम खेल्दा पनि कुनै समस्या हुँदैन ।
४. र्याम र स्टोरेज
र्याम र स्टोरेज स्मार्टफोन खरीद गर्दा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा हो । यस्तोमा आफ्नो आवश्यकता अनुसारको र्याम तथा स्टोरेज छनोट गर्नुपर्छ । स्मार्टफोनमा धेरै स्टोरेज खपत गर्ने र खुल्नको लागि धेरै स्टोरेज आवश्यक पर्ने एप स्मार्टफोनमा चाहनुहुन्छ भने र्याम बढी भएको स्मार्टफोन छनोट गर्नु राम्रो हुन्छ ।
५. क्यामेरा
अहिले धेरै जसो मानिसहरु आफ्नो स्मार्टफोन खरीदकर्ताले आफ्नो स्मार्टफोनको लागि क्यामेरालाई प्राथमिकता लिने गर्छन् । यस्तोमा धेरै कम्पनीले पनि स्मार्टफोनमा राम्रो क्यामेरा अघि सार्ने गरेका छन् । यस्तोमा आफूलाई कुन गुणस्तरको क्यामेरा आवश्यक हुन्छ, त्यसैअनुसारको स्मार्टफोनको छनोट गर्नुपर्छ ।
६. सफ्टवेयर
सफ्टवेयरले पनि स्मार्टफोनमा महत्वपूर्ण भूमिका खेल्छ । स्मार्टफोन एन्ड्रोइड वा आईओएस कुन अपरेटिङ सिस्टममा चल्ने हो । त्यसको पछिल्लो अपडेट उक्त स्मार्टफोनमा छ कि छैन । जस्ता कुराहरुमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।
७. साउन्ड
साउन्डको क्वालिटी पनि स्मार्टफोनको एक महत्वपूर्ण फिचर हो । तर, धेरैले स्मार्टफोन खरीद गर्दा साउन्ड क्वालिटी बारे खासै ध्यान दिँदैनन् । यस्तोमा अडियो क्वालिटी कस्तो छ भन्ने कुरा पनि परीक्षण गर्नु जरुरी हुन्छ ।
८. ब्याट्रि
स्मार्टफोन खरीद गर्दा ब्याट्रिमा पनि ध्यान दिनु जरुरी हुन्छ । त्यसो त स्मार्टफोनमा त्यसै पनि लामो समयसम्म ब्याट्रि बचाइराख्न गाह्रो हुन्छ । तर, पनि कम्तीमा १ वा २ दिनसम्म सजिलै टिक्नसक्ने ब्याट्रि भएको स्मार्टफोन छनोट गर्नु राम्रो हुन्छ । पछिल्लो समय स्मार्टफोन निर्माताले पनि ब्याट्रिको क्षमता बढाउँदै लगेका छन् ।