नेइमारलाई फकाउँदै पिएसजी


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार ३१, २०७६

  • ब्राजिलियन फुटबल स्टार नेइमार प्रि–सिजन प्रशिक्षणका लागि पेरिस फर्किएका छन् । फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमार प्रि–सिजन प्रशिक्षणका लागि ढिलो गरी क्लबको प्रशिक्षण क्याम्पमा सामेल भएका हुन् । उनी गएको हप्ता नै प्रशिक्षणमा सहभागी हुनु पर्ने थियो । उनी समयमा नआएकाले आवश्यक कदम चाल्ने बताएको थियो ।

    नेइमार तोकिएको भन्दा एक हप्ता ढिलो गरी प्रशिक्षणमा सहभागी भएका हुन् । सोमबारदेखि नियमित प्रशिक्षणमा सामेल भएका नेइमारले पुनः पिएसजीसँग क्लब छोड्न चाहेको बताएका छन् ।

    सोमबार नै नेइमारले पिएसजीका स्पोर्टिङ्ग डाइरेक्टर लियोनार्डोसँग आफ्नो भविष्यका बारेमा कुरा गरे । स्काई स्पोर्टसका अनुसार पिएसजीले नेइमारलाई क्लबमै बस्नका लागि मनाउने प्रयास गरिरहेको छ ।

    पिएसजीले नेइमारसँग मन बदल्न आग्रह गरेको स्काई स्पोर्टसको खबरमा उल्लेख छ । नेइमार दुई वर्षअघि छोडेको क्लब बार्सिलोना फर्किन चाहन्छन् । तर बार्सिलोनाले १२० मिलियन युरोमा एन्टोनी ग्रिजम्यानलाई अनबन्धित गरेपछि नेइमारको सम्भावना कम भएको छ ।

    पिएसजीका स्पोर्टिङ्ग डाइरेक्टर लियोनार्डोले गएको हप्ता बार्सिलोनासँग प्रारम्भिक चरणको कुराकानी भएको बताएका थिए । नेइमार दुई वर्षअघि विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका हुन् ।

    चोटका कारण नेइमारले घरेलु मैदानमा भएको कोपा अमेरिकामा ब्राजिलको प्रतिनिधित्व गर्न पाएनन्, जसमा ब्राजिल च्याम्पियन बनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार