अनरको अनर ८ एस बजारमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन १, २०७६

  • काठमाडौं । साउन १  ।  नेपालका लागि अनरको आधिकारिक विक्रेता क्रेटोस टेक्नोलोजिज प्रालिले ‘अनर ८ एस’ नेपाली वजारमा ल्याएको छ । कम्पनीले यो फोन मध्यमवर्गका उपभोक्तालाई लक्षित गरी बजारमा ल्याएको जानकारी दिएको छ ।यसमा ५ दशमलव ७१ इन्चको ड्यू ड्रप डिस्प्ले र १३ मेगापिक्सेल क्यामेराका साथ ५ मेगापिक्सेल सेल्फी क्यामेरा छ ।

    फोनमा मिडियाटेकको एमटी ६७६१ एचईएलआईओ ए २२ प्रोसेसरका साथ स्टोरेजका लागि २ जीबी ¥याम र ३२ जीबीको इन्टरनल मेमोरी उपलब्ध छ । यो फोन एन्ड्रोइड ९ दशमलव १ अपरेटिङ सिस्टममा चल्ने बताइएको छ । साथै, यसमा फेस अनलक र रेइज टु वेक फङशन पनि रहेको छ ।साथै, यसले लो लाइट कन्डिशनमा पनि राम्ररी काम गर्ने कम्पनीको दाबी छ । कम्पनीले यसको बजारमूल्य १२ हजार ५०० रुपैयाँ तोकेको छ ।

    उक्त फोन नेपाली बजारमा नीलो र कालो रंगमा उपलब्ध हुनेछ । साथै, कम्पनीले अन्य मोडलका मोबाइलको मूल्य घटाएको बताएको छ । मूल्य घटेपछि अनर ७ एसको मूल्य रू. ११ हजार १९०, अनर १० लाइटको मूल्य रू. २० हजार ९०० र अनर ८ एक्सको रू. २५ हजार ९९० पर्ने कम्पनीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार