स्टीभ ब्रुस न्यूक्यासल युनाइटेडमा नयाँ प्रशिक्षक


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन १, २०७६

  • काठमाडौं । साउन १  ।  न्यूक्यासल युनाइटेडले स्टीभ ब्रुसलाई तीन वर्षको लागि प्रशिक्षकमा नियुक्त गरेको छ ।

    राफेल बेनिटेजले सम्झौता सकिएसँगै क्लब छोडेपछि न्यूक्यासलले स्टीभलाई नियुक्त गरेको हो । ब्रुस सेफफिल्ड वेड्नस्डेका पूर्वप्रशिक्षक हुन् ।

    “हाम्रो अगाडि ठुलो चुनौती छ, तर हामी चुनौतीको लागि तयार छौँ । यो मेरो बाल्यकालको क्लब हो र यो मेरो बुबाको क्लब पनि । त्यसैले यस क्लबको प्रशिक्षक हुनु म र मेरो परिवारको लागि निकै ठूलो कुरा हो”, ब्रुसले भने ।

    न्यूक्यासलका प्रबन्धक निर्देशक ली चार्नलेले भने,“यो क्लबको समर्थक र धर्मबारेमा स्टीभ ब्रुसलाई राम्रोसँग थाहा छ । ब्रुसले आफ्नो मुटु र आत्मा हाम्रो क्लब र खेलाडीको विकासको लागि लगाउने छन् ।” ब्रुसको न्यूक्यासल एघारौँ क्लब हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार