मौरित्सियो पोचेटिन्होका छोरा टोटनहमबाट व्यवसायीक खेल खेल्ने…


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन १, २०७६

  • काठमाडौं । साउन १  । इंग्लिस क्लब टोटनहमका मुख्य प्रशिक्षक मौरित्सियो पोचेटिन्होको छोरा मौरित्जियो पोचेटिन्होले क्लबसँग पहिलो सम्झौता गरेका छन् । मौरित्जियोले पहिलो पटक व्यवसायी खेलाडीको रुपमा सम्झौता गरेका हुन् ।

    १८ वर्षीय उनले क्लबसँग सम्झौता गरेपछि फोटो सामाजिक संजाल इन्स्टाग्राममा शेयर गरेका छन् । उनले यसअघि टोटनहमको युवा टिमबाट खेल्दै आएका थिए । सम्झौतासँगै मौरित्जियोले टोटनहमको अन्डर–२३ टिमबाट खेल्नेछन् ।

    उनले विङ्स तथा फरवार्ड लाइनबाट खेल्दै आएका छन् । बार्सिलोना शहरमा जन्मेका उनले अन्डर–१८ टिमबाट २३ खेल खेलेका छन् । उनी टोटनहम आउनुअघि साउथह्याप्टनबाट खेलेका थिए । सो समयमा उनका बुबा पनि सोही क्लबमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार