लाइक्स नदेखिने बनाउँदै इन्स्टाग्राम..


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, साउन २, २०७६

  • काठमाडौं । साउन २ ।  फेसबुकको स्वामित्वमा रहेको चर्चित एप्लिकेशन इन्स्टाग्रामले आफ्नो नयाँ फिचरको परीक्षण सुरुवात गरेको छ। इन्स्टाले प्रयोगकर्तामा दबाब कम गर्नका लागि फोटो अथवा भिडियोमा देखिने लाइक्स नदेखिने बनाउन लागेको हो। थोरै लाइक्स भएका फोटो अथवा भिडियो प्रयोगकर्ताले डिलेट गर्थ थालेपछि यस दबाबलाई कम गर्नका लागि इन्स्टाले यस फिचर परीक्षण थालेको हो।

    यो परीक्षण हाल अस्ट्रेलिया, जापानसहित केही मूलुकमा परीक्षण गरिएको इन्स्टालाई उदृत गर्दै बीबीसीले जनाएको छ। यस फिचर अनुसार प्रयोगकर्ताको लाइक संख्या देखिने छैन। लाइक गरेको फोटो र भिडियोमा उदाहरणका लागि ‘लाइक्ड बाइ जेम्स एण्ड अदर्स’ भनेर देखिने छ।

    Screenshot of Instagram account excluding the likes count

    यस्तोमा बाँकी प्रयोगकर्ताले लाइक संख्या देख्ने छैनन् तर स्वयं प्रयोगकर्ताले भने आफ्नो लाइक्स कति आएछ भनेर हेर्न पाउँछन्। गत मे महिनामा इन्स्टाले क्यानडा, न्युजिल्यान्ड, आयरल्यान्ड, इटाली र ब्राजिलमा पनि यो परीक्षण गरेको थियो।

    यस फिचर बारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। केहीले यो राम्रो भनिरहेका छन् भने केहीले यो नराम्रो भनिरहेका छन्। लाइक्सलाई मानिसहरु आफ्नो लोकप्रियताको मापन गर्ने माध्यमका रुपमा हेर्ने गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार