हेर्नुहोस् असुरक्षित ‘फेसएप’ले यसरी पुर्‍याउँछ तपाईलाई क्षति…


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, साउन २, २०७६

  • काठमाडौं । साउन २ ।  पछिल्लो केही हप्तायता सामाजिक सञ्जालहरुमा ‘फेस एप’ को प्रयोग व्यापक रुपमा बढेको छ । उक्त एपमा हालको तस्विर प्रयोग गरेर बुढ्यौलीमा देखिने अनुहार देख्न सकिन्छ । यस एपको प्रयोगले प्रयोगकर्ताको अनुहार परिवर्तन गरी पाको उमेर भएपछिको उमेर देखाइन्छ ।

    यसरी बनेको फोटो सामाजिक संजाल फेसबुक, ट्वीटर, इन्स्टग्रामलगायतमा पोष्ट गर्ने क्रेज नै चलेको छ । तर, यो एपले डाटाहरु असुरक्षित बनाइरहेको प्रविधि विशेषज्ञहरुले बताएका छन् । विज्ञहरुका अनुसार यो एप प्रयोग गर्नेहरुको डाटा असुरक्षित भइसकेको छ । सोही कारण उक्त एप प्रयोग नगर्न समेत उनीहरुले चेतावनी दिएका छन् साथै सुरक्षा चुनौतिको सामना गर्न पनि तपाई हुन भनेका छन् ।

    यो एपमा क्लिक गरिसकेपछि तपाईले ‘नो’ गरेपछि पनि तपाईँको डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ । विशेषज्ञ हरुका अनुसार यसले प्रयोगकर्ताको क्यामेरा रोलका सबै तस्बिरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ । कसैले तपाईँको कुनैपनि तस्बिरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन् । यो एप सुचारु भएपछि प्रयोगकर्ताको डाटा तथा फोटोहरु बिना अनुमति लिन सक्छन् । यसको दुरुपयोग हुन सक्छ ।

    यो एप सन् २०१७ मा पहिलो पटक रुसीहरुले ‘फेस एप’ सार्वजनिक गरेका थिए । त्यही एप ‘आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)’ का साथ अहिले फेरी भाइरल भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार