टोटेनहामका प्रशिक्षक मौरिसियो पोचेटिनो भन्छन् : “चुनौतीको सामना गर्न खुसी लाग्छ।”


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन ३, २०७६

  • काठमाडौं । साउन ३ ।  टोटेनहाम गएको सिजन च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलसँग पराजित भएपछि क्लबका प्रशिक्षक मौरिसियो पोचेटिनोले क्लब छाड्ने संकेत देखाएका छन् ।

    उनले आफूलाई नयाँ चुनौतीको आवश्यक रहेको भन्दै क्लब छाड्ने मनसाय बनाएका छन् । साथै उनले आफूलाई नयाँ चुनौतीको सामना गर्न खुसी लाग्ने भएकाले त्यसैको खोजीमा रहेको बताए ।

    “फाइनलमा पराजित हुँदा क्लब र खेलाडीसँग बेग्लै अनुभव हुने रहेछ”, पोचेटिनोले भन, “क्लबको चुनौती पनि फरक हुने रहेछ । फाइनल खेलमा आएको फरक नतिजाले सायदै ठिक लाग्ला, त्यसैले यो क्लबबाट केही पाइला पर रहेर नयाँ चुनौतीको खोजी गर्ने समय हो,” पोचेटिनोले भने ।

    टोटेनहम लिभरपुलसँग च्याम्पियन्स लिगको फाइनल खेलमा २-० गोल अन्तरले पराजित भएको थियो । पोचेटिनो सन् २०१४ मा साउथह्यपटनबाट टोटेनहम आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार