पोर्चुगलका लिजेण्ड लुइस फिगो …


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ५, २०७६

  • काठमाडौं । साउन ५ ।  लुइस फिगो फुटबलका लागि नौलो नाम होइन । खेलाडीका आइडल र समर्थकलाई भरपुर मनोरञ्जन दिनसक्ने फिगोको जन्म आजभन्दा ४६ वर्षअघि अर्थात् सन् १९७२ मा भएको थियो ।

    आफ्नो फुटबल जीवनमा रचनात्मक खेलाडीका रुपमा परिचित फिगो सबल नेतृत्वकर्ताको रुपमा चिनिनुुका साथै गोल गर्ने अवसर तयार गर्नसक्ने खुुबीका कारण पनि चिनिन्छन् । बलसित खेल्ने सीप बेजोड भएकै कारण उनको फुटबल जीवन सफलतापूर्वक अघि बढेको थियो ।

    स्पेनिस ला लिगा फुटबलमा उनले १०६ एसिस्ट गोल गरेका छन् । पोर्चुुगलको अलमाडामा जन्मिएका उनको फुटबल यात्रा भने गल्लीबाट सुरु भएको थियो । गल्लीको यात्राले पछि उनी एक सफल फुटबलर भए ।

    १२ वर्षको उमेरमा स्थानीय क्लब यूएफसीमा उनले फुटबल खेल्न सुरु गरेका थिए । एकपछि अर्को सफलताकै कारण फिगो युुवा अवस्थामा नै पोर्चुुगलको गोल्डेन जेनेरेसनको लिडरको रुपमा स्थापित भइसकेका थिए ।

    राष्ट्रिय फुटबल यात्रामा यू–१६ मै हिरो भएका फिगोले पोर्चुगललाई यू–१६ र यू–२० को युुरोपियन च्याम्पियन जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

    क्लब करियर भने उनको १७ वर्षको उमेरबाट सुरु भएको थियो । स्पोर्टिङ सीपीमा सन् १९८९ मा आएका उनले १९९० मा लिगमा डेब्यु गरे । १९९१ मा उनले पहिलो  टोरेन्सको विरुद्धमा पहिलो गोल गरेका थिए ।

    ६ वर्ष स्पोर्टिङ सीपीमा खेलिसकेपछि उनी सन् १९९५ मा स्पेनिस क्लब बार्सिलोनामा गए । ५ वर्ष बार्सिलोनामा बिताएका उनले विनर कपसँगै दुुईपटक लालिगा च्याम्पियन बनाउन हिरो बने । सन् २००० को बालोन डी‘ओर अवार्ड पनि उनले नै थापेका थिए ।

    आफ्नो पालामा  फिगो क्याटालोनियामा निकै नै श्रद्धेय खेलाडीको रुपमा चिनिन्थे । ५ वर्ष बार्सिलोनामा खेलेपछि उनी रियाल मड्रिडमा गए । उनी मड्रिड जान्छन् भनेर कसैले पनि चिताएको थिएन । तर उनले आफ्नो व्यावसायिक करिअरलाई मड्रिडतर्फ डोर्याए ।  मड्रिडमा उनको भव्य स्वागत भयो । स्टार खेलाडी जिदान, रोनाल्डो र बेकह्यामजस्ता स्टार खेलाडीले उनलाई स्वागत गरे ।

    मड्रिडमा उनको पहिलो खेल पूर्व क्लब बार्सिलोनासित थियो । उनलाई नाउ क्याम्पमा सबैले उडाए । सुुन्न नसकेर उनले कान नै थुनेका थिए । यसैगरी दोस्रो खेलमा पनि उनले केही गर्न सकेनन् । जसको कारणले गर्दा उनका समर्थकहरु उनीप्रति रुष्ट भए । समर्थकहरुले उनीप्रति अनेक सामग्रीहरु फ्याँकेका थिए ।

    सुुरुमा जेजस्तो भएपनि फिगोको करियर मड्रिडमा सफल नै रह्यो । ५ वर्ष मड्रिडमा रहेका उनले २ पटक  लालिगा (२००१, २००३) र २००२ मा एउटा युुईएफए च्याम्पियन लिग जिताउन सहयोग गरे । सन् २००१ मा उनी फिफा प्लेयर अफ द इयरको अवार्डले पनि सम्मानित भएका थिए । फिगोले अन्तरराष्ट्रिय स्तरमा पनि छलाङ मारेका थिए । सन् २००० को युुरो कपमा पोर्चुुगललाई सेमिफाइनलमा पुुर्याउन उनकै भूमिका अहम् थियो । सन् २००६ को विश्वकपमा फिगोको टिम नेदरल्यान्ड र इङ्ल्यान्डलाई हराउँदै सेमिफाइनलमा पुुगेको थियो ।

    तर फ्रान्ससित १–० को अन्तरले पराजित हुनुुपर्यो । जुुुन खेल चार दशकको निकै नै उत्कृष्ट खेल मानिन्छ । पोर्चुुगलका लागि उनले १२७ खेलमा ३२ गोल गरेका छन् ।

    मड्रिडसँगको सम्झौता सकिएपछि उनी सन् २००५ मा इन्टर मिलान गए । इन्टरमिलानमा उनले ४ सिजनमा प्रत्येक सिजनको सिरी ए उपाधि जिताउन मद्दत गरेका थिए । २००९ को सिरी ए उपाधि जितेपछि फिगोले फुुटबलबाट सन्यास लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार