रोनाल्डोलाई समर्थन गरेको भन्दै डिभोर्स..


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन ६, २०७६

  • काठमाडौं । साउन ६ । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए ।

    १. सन् २०१५ मा साउदी अरबले एक श्रीमानले आफ्नी पत्नीलाई आफ्नो जीवनमा ब्याण्ड लक ल्याएको भन्दै विवाह गरेको दुई दिनमा नै डिभोर्स दिएका थिए । विवाह गरेको दुई दिनमा अनौठो घटनाहरु भएपछि श्रीमानले आफ्नी श्रीमतीलाई डिभोर्स दिएका थिए ।

    २. क्रिस्टियानो रोनाल्डोका कारण एक जोडीको भएको थियो । एक जना साउदी अरेबियन व्यक्तिले आफ्नी श्रीमतीले पोर्चुगलको खेलमा रमाएको र रोनाल्डोलाई समर्थन गरेको भन्दै डिभोर्स दिएका थिए ।

    ३. एक जना साउदी अरेबियनले आफ्नी श्रीमतीले अतिथीलाई खाना दिने क्रममा भेडाको टाउको नराखेको भन्दै डिभोर्स दिएका थिए । चामलको परिकारमा भेडाको खाना राख्नु पर्ने थियो । तर, साथीहरुको माझ श्रीमतीले खानामा भेडाको टाउको राख्न बिर्सिएपछि श्रीमान दुःखी भएका थिए । अन्ततः उनले श्रीमतीलाई डिभोर्स नै दिए ।

    ४. साउदी अरबमा एक जोडी खाना खान होटलमा गएका थिए । श्रीमतीले खानुपुर्व फोटो खिचेर स्यापच्याटमा राख्न चाहन्थिइन् । श्रीमतीले फोटो खिच्न धेरै समय लगाएपछि भोकले चुर भएका श्रीमानको रिसले सिमा नाघ्यो । अन्ततः उनले होटलमा नै श्रीमतीलाई डिभोर्स दिएर हिडेका थिए ।

    ५. स्यापच्याटमात्र होइन, इन्स्ट्याग्रामका कारण पनि डिभोर्स भएको छ । एक महिलाले आफ्नो श्रीमानले अरु महिलाको फाटो इन्स्टाग्राममा लाइक गरेको भन्दै डिभोर्स दिएकी थिइन् ।

    ६. एक जना अरेबियन व्यक्तिले विवाह गरेको ६ दिनपछि श्रीमतीलाई डिभोर्स दिएका थिए । उनले हनिमुन गएको ६ दिनसम्म पनि सेक्स गर्न नमानेपछि श्रीमानले डिभोर्स दिएका थिए ।

    ७. एक इजिप्टियन युवतीले श्रीमान गृहणी जस्तो भएको भन्दै डिभोर्स दिएकी थिइन् । उनले आफुलाई घरमा कुनै पनि काम गर्न नदिने भन्दै उनले डिभोस फाइल गरेकी थिइन् । उनले खाना पकाउन, सफा गर्न लगायत घरका कुनै पनि काम गर्न नदिनएको भन्दै आफ्नो वैवाहिक सम्बन्ध संकटमा परेको बताएकी थिइन् ।

    ८. एक जना साउदी अरेबियन व्यक्तिले आफ्नी श्रीमती अत्यन्त सुन्दर भएका कारण डिभोर्स दिएका थिए । विवाह भएपछि उनी डमाममा बस्दै आएकी थिइन् । तर, सुन्दर भएकै कारण दुनियाँले खराब नजर लगाउँने भन्दै श्रीमानले डिभोर्स दिएका थिए ।

    ९. एक इजिप्टियन महिलाले आफ्नो श्रीमानले समिहा र्याप किन्न नमानेको भन्दै डिभोर्स केश दर्ता गरेकी थिइन् ।

    १०. एक जना श्रीमतीले आफ्नो श्रीमानको जन्मदिनको दिन सरप्राइज दिने क्रममा डिभोर्सको सामना गर्नु परेको छ । एक जना साउदी अरेबियन व्यक्तिले आफ्नी श्रीमतीलाई दुध किन्न घर छोडेको भन्दै डिभोर्स दिएका थिए । तर, श्रीमानलाई दुधको परिकार बनाएर जन्मदिनमा सरप्राइज दिन उनी घर बाहिर गएकी थिइन् । श्रीमान घर आउँदा श्रीमती नदेखेपछि  श्रीमानले श्रीमतीलाई उल्टै डिभोर्स गिफ्ट दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार