पूर्व क्रिकेट खेलाडी शक्ति गौचन सम्मानित


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन ६, २०७६

  • काठमाडौं । साउन ६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन गृहनगरमा सम्मानित भएका छन् । केही समयअघि क्रिकेटबाट सन्यास घोषणा गरेका शक्तिलाई प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो ।

    मन्त्रालयले शक्तिसँगै वसन्त रेग्मी, सोमपाल कामी, युवा क्रिकेटरहरु कुसल मल्ल, सागर ढकाल र फिजियोथेरापिष्ट विक्रम न्यौपानेलाई पनि सम्मान गरेको छ ।

    शक्ति,वसन्त र सोमपाललाई उत्कृष्ट खेलाडी तथा रोहित, कुसल र सागरलाई युवा प्रतिभाको रुपमा सम्मानित गरिएको हो । खेलाडीहरुलाई प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सम्मान गरेका हुन् ।

    सम्मान कार्यक्रममा शंक्तिसँगै कुशल र सागर उपस्थित भएपनि सोमपाल, वसन्त र रोहित सिंगापुरमा रहेका कारण उपस्थित भएनन् । उनीहरु आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप अन्तर्गत एशिया छनोटका लागि टोलीमा समाबेश छन् ।

    शक्तिले गृहनगरमा क्रिकेट एकेडेमी सञ्चालन गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार