बेल आउट भए पोग्वाको लागि रियल मड्रिडको ढोका खुल्ने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, साउन ७, २०७६

  • काठमाडौं । साउन  ७।  स्पेनिस क्लब रियल मड्रिडले यसै समरमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडको खेलाडी पाउल पाेग्बा खरिद गर्ने योजना बनाएको छ । तर, रियलले स्टार खेलाडी पोग्बा किन्नको लागि पहिला आफ्नो क्लबमा रहेका फरवार्ड ग्यारेथ बेललाई अन्यत्र पठाउनुपर्ने कुरा पनि प्रकाशित भएका छन् ।

    रियलका प्रशिक्षक जिनेदिन जिदानले पोग्बालाई भित्र्याउने हो भने बेललाई अन्यत्र पठाउनुपर्ने शर्त राखेका छन् । सोही कारणले गर्दा पनि उनले सार्वजनिक रुपमै बेललाई अन्यत्र जान सुझाएका छन् । बेलको बिक्रीपछि मात्रै पोग्बाको लागि रकमको जोहो हुने र आर्थिक कारोबारमा पनि स्वच्छता हुने विश्वास उनको छ । तर, बेल भने अन्यत्र जान मानिरहेका छैनन् । क्लबले सम्झौता नविकरण गरेर पारिश्रमिक रकम पनि बढाइसकेको अवस्थामा उनी अन्यत्र नजाने मनस्थितिमा छन् । यसबारेमा बेल स्वयंले पनि बताइसकेका छन् । क्बलले नखेलाए पनि ‘गल्फ’ खेलेर क्लबबाट पारिश्रमिक थाप्ने बताइसकेका छन् ।

    सोही कारणले पोग्बालाई ल्याउने सम्भावना कमजोर बन्दै गएको छ । पोग्बाले पनि रियल आउने इच्छा देखाइसकेको भए पनि बेलको कारण उनी पनि चाँडै एउटा निर्णयमा पुग्नुपर्ने अवस्था छ ।

    रियलले बेलको बिक्रीबाट ८० मिलियन युरो लिने र १५० मिलियन युरो पोग्बाको लागि खर्च गर्ने योजना बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार