सामसङ ग्यालेक्सी ए८० नेपाली बजारमा


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, साउन ७, २०७६

  • काठमाडौं । साउन  ७।  सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए८० स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । फोनको प्रयोगले लाइभ संवाद, फोटो खिच्न, भिडियो हेर्न तथा आफ्ना अनुभव साट्न सजिलो हुने कम्पनीको भनाइ छ । यसको लागि वास्तविक एवं अर्थपूर्ण कनेक्सनको आवश्यता महसुस हुन थालेको कम्पनीको भनाइ छ ।

    फोनमा फुल स्क्रिन डिस्प्ले, सामसङको पहिलो क्रान्तिकारी रोटेटिङ्ग क्यामरा तथा इन्टलिजेन्ट व्याट्रि जस्ता अद्वितीय सुविधा रहेको बताइएको छ  । सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने, “ग्राहक केन्द्रित भएर हरेक कार्यहरु गर्दै आएका छौं, ग्राहकहरुले आफ्नो व्यक्तिगत जीवनमा विशिष्टिकृत उपकरणहरुको खोजी गर्दै आउनुभएको छ । हाम्रो विशेषज्ञता, ग्लोबल क्षमता तथा ग्राहकहरुको अन्तर्दृष्टिजस्ता पक्षहरुले गर्दा सामसङले ग्राहकहरु समक्ष नवीनतम आविस्करहरु प्रस्तुत गर्न सफल भएको छ ।”

    ग्यालेक्सी ए८० मा ३ हजार ७ सय एलएएचको ब्याट्री लाग्छ भने २५ वाट सुपर फास्ट चार्जिङ्ग क्षमताले लामो समयसम्म आवद्ध हुने स्वतन्त्रता प्रदान गर्दछ । यसमा भएको एक्टीभ पावर सेभले व्यट्रीलाई स्मार्ट तरिकाबाट बचत गरी फोनको कार्य सम्पादन गर्न सकिने छ । ग्यालेक्सी ए८० को मूलय ७९ हजार ९ सय ९० रुपैयाँ तय गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार