ड्यानी आल्भेजको बार्सिलोना फर्कने चाहना


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन १०, २०७६

  • काठमाडौं । साउन  १० ।   ब्राजिलियन खेलाडी ड्यानी आल्भेजले बार्सिलोना फर्कने चाहना व्यक्त गरेका छन् । पीएसजीसँगको अनुबन्ध सकिनै लाग्दा आल्भेजले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउलाई नै फोन गरेर फर्कने चाहना व्यक्त गरेका हुन् ।

    उनले बार्तोमेउलाई केही दिनअघि आफैले फोन गरेर फर्कने इच्छा व्यक्त गरेको भए पनि बार्सिलोनाको टेक्निकल टिमले भने उनको प्रस्तावलाई स्वीकार गरेको छैन । ३६ वर्षीय आल्भेजभन्दा बार्सिलोनाले हालका खेलाडी नेल्सन सेमेडोलाई नै प्राथमिकतामा राख्नुपर्ने तर्क टेक्निकल टिमको छ । तर, आल्भेजलाई भित्र्याउनको लागि क्लबले स्थानान्तरण शुल्क भने तिर्नुपर्दैन ।

    आल्भेजले सन् २००८ देखि २०१८ सम्म बार्सिलोनाबाट खेलेका थिए । त्यसपछि उनी एक सिजन युभेन्ट्स बसे भने अर्को सीजन पीएसजीमा बिताए ।

    ब्राजिलको कप्तानको जिम्मेवारी सम्हालेका आल्भेजले सन् २०१९ को संस्करणको कोपा अमेरकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत बने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार