 
                            काठमाडौं । साउन १० । जापानको बहुराष्ट्रिय प्रविधि कम्पनी सोनीेले टिसर्टमै फिट हुने मिनि एयर कन्डिसनर एसी निर्माण गरेको छ। यसको नाम ‘रियोन पकेट’ राखिएको छ। यस एसी मोबाइल फोनभन्दा हलुका हुने जनाइएको छ।
यस एसी ब्याट्रीको सहयोगमा चल्नेछ। यसलाई ब्लुतुथमार्फत् स्मार्टफोनसँग जोड्न सकिने जनाइएको छ। सोनीका अनुसार दुईघन्टा चार्जगर्दा यो ९० संचालनमा अनउनेछ। यस एसी किन्दा सोनीले विशेष टिसर्टसमेत दिनेछ। सोही टिसर्टमा एसी राख्न मिल्छ।
टिसर्टसहित यसको मूल्य १८ हजार ८० यन तोकिएको छ। एसीमात्र चाँही ९ हजार यनमा यसलाई खरिद गर्न सकिनेछ। यस एसीले गर्मीमा हिँड्न मदत गर्नेछ। पसीना आउन नदिने जनाइएको छ।
विश्वमा यतिबेला जलवायु परिवर्तनले तापक्रम बढ्दो छ। तापक्रम र बढ्दो गर्मीमा यसले मानिसलाई सुविधा दिने अनुमान गरिएको छ।
https://www.youtube.com/watch?v=2dlzdZlbq2Q

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    