ह्यारी केन भन्छन् :” टोटनह्यामले खेल सुुधार गर्नुुपर्छ ।”


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ १०, २०७६

  • काठमाडौं ।  टोटनह्याम हट्सपरका कप्तान ह्यारी केनले लिभरपुल र म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नको टोलीले खेल सुधार गर्नुपर्ने बताएका छन् । टोटनह्यामले इङ्लिस प्रिमियर लिगको ३ खेलमध्ये १ खेलमा मात्र जित निकालेको छ । टोटनह्याम लिभरपुुलभन्दा ५ अंकले पछाडि छ ।
    ह्यारी केनले अगाडि बढ्न टोलीले राम्रो नतिजासहित खेल सुुरुवात गर्नुुपर्नेमा जोड दिएका छन् । “म्यानचेस्टर सिटी र लिभरपुुललाई हेर्दा देख्न सकिन्छ कि अब उनीहरुलाई त्यहाँबाट तल झर्ने छैनन्,” केनले यूके मिडियालाई भने ।

    “सिजन सुुरु हुुनुुभन्दा पहिले मैले भनेको थिएँ कि हामी सँगै जान सक्यौँ भने हामीलाई सजिलो हुुन्थ्यो । दुुई या तीन महिनासम्म बिना अंक नघटाइकन अगाडि बढ्न सकेको भए राम्रो हुुन्थ्यो । हाम्रो सुुरुवात राम्रो भएन । अब हामीलाई लामो बाटो तय गर्नुुछ,” केनले भने ।
    टोटनह्याम गएको आइतबार न्यूक्यासलबाट १–० ले पराजित भएको थियो । अब टोटनह्यामले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार