लोनमा इन्टर मिलान जादै एलेक्सिस स्यान्चेज


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ ११, २०७६

  • काठमाडौं ।  म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस स्यान्चेज लोनमा इन्टर मिलान जाने भएका छन्। इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टे स्यान्चेजलाई युरोपियन ट्रान्सफर विन्डो बन्द हुनुभन्दा अघि नै भित्र्याउन चाहन्छन्। सोमबार युरोपियन ट्रान्सफर विन्डो बन्द हुनेछ।

    सम्झौता पूरा भए स्यान्चेजले म्यानेचेस्टर युनाइटेडका पूर्व सहकर्मी रोमेलु लुकाकुसँग फेरि पनि सहकार्य गर्ने छन्। मिलानले लुकाकुलाई ७ करोड ४० लाख बेलायती पाउन्डमा भित्र्याएको थियो।

    यद्यपि, मिलानले लोन सम्झौता सकिएपछि सान्चेजलाई किन्ने सन्दर्भमा भने सहमति जनाएको छैन। युनाइटेडमा साञ्चेज सर्वाधिक कमाइ गर्ने खेलाडी रहेका थिए। उनले सातामा ४ लाख बेलायती पाउन्ड कमाइ गर्थे। यो इन्टरको हालको तलब संरचना भन्दा बाहिरको स्वरुप हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार