च्याम्पियन्स लिग फुटबलको ‘ड्र’ आज हुँदै…


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ १२, २०७६

  • काठमाडौं ।  युरोपियन क्लब फुटबलको ठूलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको ‘ड्र’ आज (बिहिबार) हुँदैछ । नयाँ सिजन २०१९–२० को समूह चरणको खेल विभाजन आज साँझ हुने भएको हो ।

    समूह विभाजन ‘ड्र’ मा ३२ क्लबहरु रहेका छन् । समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई युईएफएले ४ पोटमा विभाजन गरेर ‘ड्र’ गर्नेछ । ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ  ।
    च्याम्पियन्स लिगमा २६ टोलीले सिधै सहभागिता जनाएका हुन् । त्यस्तै अन्य ६ टोली भने छनोट मार्फत आएका हुन् । एजेन्सी ।

    चार पोटका कुन कुन टोली ?

    पोट–१
    लिभरपुल
    चेल्सी
    बर्सिलोना
    म्यानचेस्टर सिटी
    युभेन्टस
    वायर्न म्युनिख
    पीएसजी
    जेनिथ

    पोट–२
    रियल मड्रिड
    बोरुसिया डर्टमण्ड
    एट्लेटिको मड्रिड
    नापोली
    शाख्तर डोनेस्क
    टोटेनहम
    बेन्फिका
    आयाक्स

    पोट – ३
    लियोन
    बायर लिभरकुसेन
    साल्ज्बर्ग
    ओलाम्पियाकोस
    क्लब ब्रुग
    भ्यालेन्सिया
    इन्टर मिलान
    जीएनके डिनामो

    पोट –४
    लोकोमोटिभ मोस्क्वा
    जेन्क
    गलातासारे
    आरबी लिपजिङ
    स्लाभिया प्रहा
    क्रेभिना जेभेज्डा
    एट्लान्टा
    लिली

    प्रतिक्रिया
    सम्बन्धित समाचार