
यूइएफए वर्ष उत्कृष्ट खेलाडीको घोषणा भएको केही समयमै फिफा वर्ष उत्कृष्ट खेलाडीको सूची सार्वजनिक भएको छ।
यूइएफए शीर्ष तीनमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र भान डाइक परेका थिए। अवार्ड भने भान डाइकले जितेका थिए।
फिफा वर्ष उत्कृष्ट खेलाडीको शीर्ष तीन सूचीमा समेत मेस्सी, रोनाल्डो र भान डाइक परेका छन्। सोमबार फिफाले खेलाडीको सूची सार्वजनिक भएको हो।
शीर्ष दशमा ह्यारी केन, इदेन ह्याजार्ड, साडियो माने, मोहम्मद सलाहजस्ता खेलाडी परेका थिए।
? #TheBest Men’s Player Finalists ?
?? @Cristiano
?? Lionel Messi
?? @VirgilvDijk pic.twitter.com/wX8zPg7TEp— FIFA.com (@FIFAcom) September 2, 2019