ग्यारेथ बेल भन्छन् मलाई सबैभन्दा बढी बलीको बोका बनाइयो ।


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ २०, २०७६

  • काठमाडौं । वेल्सका विंगर ग्यारेथ बेल जिनेदान जिदानको टिममा फर्किएका छन्, तर सान्टिएगो बेर्नाबाउमा उनी खुसी नभएको प्रष्ट संकेत गरेका छन् । उनले आफूलाई बलीको बोका बनाएको महसुस गरेका छन् ।

    वेल सिजनको पूर्व सन्ध्यामा रियल मड्रिड छाडेर चिनियाँ क्लब ज्याङसु सनिङ जान सहमत भइसकेका थिए । क्लबका प्रशिक्षक जिदानले पनि वेलले क्लब छाड्ने बताइसकेका थिए । तर अन्तिम समयमा रियलले उनलाई रोक्यो ।

    ‘म बुझ्दछु कि सबैभन्दा बढी बलीको बोका मलाई बनाइयो,’ बेलले स्काई स्पोर्ट्ससँग भनेका छन् ।

    उनले आफ्ना लागि मात्र नभई टिमकै लागि गत सिजनको अन्त्य निकै कठिनाइका साथ भएको बताए । ‘म भन्दिनँ कि म खुसीसाथ खेलिरहेको छ, तर खेलिरहेको छु । जब म खेलिरहेको हुन्छ, म व्यवसायिक खेलाडी हुँ र सकेको गर्छु,’ उनले भने ।

    बेलले सिजनको सुरुवात राम्रोसँग गरेका छन् । उनले दुई गोल गरेका छन् भने असिस्ट पनि । अब युरोकप छनोटमा अजरबैजानविरुद्ध खेल्ने तयारीमा छन् ।

    उनले आफू करियरको कठिन समयमा रहेको दाबीलाई ठाडै अस्वीकार गरेका छन् । ‘प्रिसिजनबाट फर्किँदा मेरो शिर निहुरिएको थियो र, मेराबारे धेरै कुराकानी भएको थियो । राम्रो, नराम्रो, जस्तो उनीहरुले चाहेका छन्,’ उनले भने, ‘तर यो मेरो करियरको खराब समय होइन । र, कसरी सम्हालिनुपर्छ भन्ने मलाई थाहा छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार