नेपाल आइडलकि सन्ध्या जोशी भन्छिन्, ‘म्युजिक भिडियो र चलचित्रमा अफर आए स्वीकार्छु (भिडियो सहित)


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस १९, २०७४

  • धनगढीकी २३ वर्षिया सन्ध्या जोशी नेपाल आइडलको कडा प्रतिष्पर्धामा उत्कृष्ट ९ मा पर्न सफल गायिका हुन् । कैयौं दृशक तथा श्रोताहरुको मन जित्न सफल जोशी यति छिटै नेपाल आइडलबाट बाहिरिन्छन् होला भन्ने धेरैले कल्पना पनि गरेका थिएनन् । बिशेषगरी सिड्नी सेल्डनका पुस्तकहरु पढ्न रुचाउने उनले आफूलाई थ्रिलर टाइपका पुस्तकहरु मन पर्ने बताईन् । ‘मलाई लभ स्टोरी मन पर्दैन ।’ उनले भनिन्, ‘मलाई थ्रिलर र मिस्ट्री उपन्यासहरु पढ्न एकदम मनपर्छ ।’

     

    एपी वान टिभीबाट प्रशारण भइरहेको रियालिटी शो नेपाल आइडलबाट हालै आउट भएकि उनै सन्ध्या जोशीले युट्युब च्यानल फ्रन्टलाइन नेपाल सँग बिस्तृत कुराकानी गरेकी छिन् । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा जनस्वास्थ्य (पब्लिक हेल्थ) चौथो वर्षमा अध्ययनरत सन्ध्या कोर्स बाहिरका पुस्तक पढ्न उत्तिकै रुचि राख्छिन् । बिशेषगरी सिड्नी सेल्डनका पुस्तकहरु पढ्न रुचाउने उनले आफूलाई थ्रिलर टाइपका पुस्तकहरु मन पर्ने बताईन् । ‘मलाई लभ स्टोरी मन पर्दैन ।’ उनले भनिन्, ‘मलाई थ्रिलर र मिस्ट्री उपन्यासहरु पढ्न एकदम मनपर्छ ।’

    सन्ध्याले चलचित्र वा म्युजिक भिडियोमा अफर आए स्वीकार्ने बताएकी छिन् । ‘तपाई कसैको प्रेममा हुनुहुन्छ ?’ भन्ने प्रश्नमा सन्ध्याले भनिन्, ‘म अहिले करिअरमा बढी फोकस छु ।’ उनी मुभि हेर्न खुब रुचाउँछिन् । त्यसमा पनि अंग्रेजी र हिन्दी मुभि उनलाई बढी मनपर्छ । घुमफिर र संगीत उनका शोखहरु हुन् ।

     

    भिडियो कुराकानी

    प्रतिक्रिया
    सम्बन्धित समाचार