बार्सिलोनाका पूर्व खेलाडी इटोको फुटबलबाट सन्यास


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ २१, २०७६

  • बार्सिलोनाका पूर्व खेलाडी सामुयल इटोले खेलाडी जीवनबाट सन्यास लिनेका छन् । बार्सिलोनामा हुँदा रोनाल्डिन्होसँगको तालमेलले तहल्का मच्चाएका इटोले इन्टर मिलानबाट पनि खेलेका थिए ।

    उनले आफ्नो रोलकोस्टर करियरबाट बिदा लिने भन्दै सोसियल मिडियाबाट जनाएका छन् । तीन पटकका च्याम्पियन्स लिग विजेता इटोले अन्तिम पटक कतारमा खेलेका थिए । ३८ वर्षे क्यामरुनका पूर्व खेलाडी इटोले शुक्रबार सन्यासको घोषणा गरेका हुन ।

    रियल मड्रिडको युथ टिममा १९९७ मा खेलेका उनले कल्ब करियरमा ३५० भन्दा बढी गाेल गरेका छन् । बार्सिलोनामा आबद्ध भएपछि दुई वटा च्याम्पियन्स लिगको उपाधि जितेका उनले एउटा इन्टर मिलानबाट उचालेका थिए । उनले करियरमा कुल १५ वटा उपाधि जितेका थिए ।

    राष्ट्रिय टिमबाट उनले एक सय १८ क्याप जित्दा ५६ गोल गरेका छन् । उनी क्यामरुनको सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार