फ्रन्टलाईन नेपाल सोमवार, असार ३२, २०८१

युराेकप छनाेटमा राेनाल्डाेकाे नया कीर्तिमान


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ २५, २०७६

  • काठमाडौं । पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकप छनोटमा नयाँ कीर्तिमान बनाएका छन् । उनले युरो छनोटमा सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

    युरोपियन च्याम्पियनसिपमा लिथुवानिया विरुद्धको खेलमा चार गोल गरेका रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले युरो कप छनोटमा २५ गोल संख्या पुर्‍याएका छ । उनले रोबी कियनको यसअघिको २३ गोलको संख्यालाई पछि पारेका हुन् ।

    आयरल्याण्डका रोबीले यसअघि यो रेकर्ड बनाएका हुन् । रोबीले ट्विट गर्दै रोनाल्डोले अब रेकर्ड बनाउन बन्द गर्नुपर्ने भन्दै ठट्टा गरेका छन् । युरोपियन प्रतियोगितामा रोनाल्डोको यो आठौं ह्याट्रिक थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट