एप्पलले ल्यायो आइफोन ११, विशेष क्यामरासहित नयाँ विशेषता


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ २५, २०७६

  • काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले आइफोनको नयाँ संस्करण आइफोन ११ सार्वजनिक गरेको छ । आइफोन ११ मा यसअघिका संस्करणमा भन्दा बढी क्यामरा र प्रोसेसर छन् । आइफोनको नयाँ प्रोसेसरको अपडेट यसअघिको भन्दा तीव्र रहेको र ब्याट्री पनि कम खर्च हुने जनाइएको छ।

    एप्पलका अनुसार नयाँ संस्करणको आइफोनका दुई प्रो मोडलहरु (आइफोन ११ प्रो, आइफोन ११ म्याक्स) को ब्याट्री क्षमता आइफोन एक्सएसको भन्दा चारदेखि पाँच घण्टा बढी रहेको छ । तर नयाँ आइफोनमा फाइभ जी को सुविधा भने छैन ।

    नयाँ आइफोनमा अल्ट्रावाइड रेअर क्यामरा छन्, जसले टू एक्स अप्टिकल जूम आउट गर्न सक्छन् । प्रो मोडलका आइफोनमा टेलिफोटो नर्मल लेन्स रहेको छ, जुन यस अघिको आइफोन एक्सएस र एक्स एस म्याक्समा पनि थियो । तर आइफोन ११ को बेसिक संस्करणमा भने अल्ट्रावाइड र स्ट्याडर्ड लेन्स मात्रै छन् ।

    यस्तै एप्पलले नयाँ नाइट मोड पनि समावेश गरेको छ, जस अनुसार आवश्यक परेका बेला स्वतः तस्बिरको प्रकाश बढ्छ । यस्तै फिचर गुगल, सामसुङ र हुवाईले यसअघि नै आफ्ना फोनमा समावेश गरेका थिए ।

    आइफोन ११ को मूल्य यसअघिको संस्करणको भन्दा केही कम छ । यसको स्टोरेज क्षमता अनुसार ७२९ देखि ८७९ पाउण्ड स्ट्रर्लिङ्गसम्म रहेको छ ।

    तर प्रो मोडलका फोनहरु भने आइफोन एक्सएस संस्करण भन्दा केही महंगो छ । प्रो मोडलका फोनको मूल्य एक हजार ४९ देखि १४ सय ९९ पाउण्ड स्ट्रर्लिङ्गसम्म पर्ने छ । अबको १० दिनपछि यी फोन बजारमा बिक्रीमा जाने छन् ।

    यस्तै एप्पलले स्मार्ट वाचको नयाँ संस्करण पनि सार्वजनिक गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार