जनवरी १ मा नेयमारलाई बिक्रि गर्ने तयारी


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ २५, २०७६

  • एजेन्सी । बार्सिलोना छोडेर पछुताउने खेलाडी हुन् नेयमार । पिएसजीमा उनले दुई सिजनमात्र बिताए ।

    तर, त्यसपछि पिएसजीमा समेत आत्तिएपछि उनी अन्य क्लब जान चाहे । मिडिया रिपोर्टका अनुसार उनलाई जनवरी १ मा पुनः बिक्रिमा राख्ने बताएको छ ।

    उनको व्यवहारका कारण क्लब अत्यन्त दुःखी भएको र उनलाई क्लबमा राखेर अन्य खेलाडीलाई हतोत्साहित नगर्ने क्लबले बताएको छ । नेयमारले पिएसजी छोड्न हरसम्भव प्रयास गरेका थिए ।

    उनले बार्सिलोना वा रियल मड्रिड जान चाहेका थिए । तर, अन्तिम सम्ममा पनि उनको पार लाग्न सकेन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार