मेसीले भ्यालेन्सिया विरुद्धको खेल पनि गुमाउने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ २६, २०७६

  • काठमाडौं। स्पेनिस ला लिगामा बार्सिलोना र भ्यालेन्सियाको खेल तीन दिनपछि हुँदैछ ।

    तर, चौथो चरणको खेलमा पनि स्ट्राइकर लियोनल मेसी र लुइस स्वारेज नखेल्ने निश्चित भइसकेको छ । दुवैलाई चोट लागेकाले तीन दिनपछि हुने खेल नखेल्ने भएका हुन् ।

    मेसीले यसअगाडि तीन वटै खेल गुमाइसकेका छन् । मेसी र स्वारेज बिनाको खेलमा बार्सिलोना पहिलो खेलमै पराजित भएको थियो ।

    बिल्बाओले पहिलो खेलमा बार्सिलोनालाई एक–शून्य गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा नयाँ टीम ओसासुनामा बराबरीमा रोकिएको थियो भने तेस्रो खेलमा रियल बेटिसलाई पराजित गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार