सेभिया ला लिगाको शीर्ष स्थानमा…


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ ३०, २०७६

  • काठमाडौं । जोन जोर्डनको निर्णायक गोलमा सेभियाले स्पेनिस ला लिगा फुटबलमा अल्भेसलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा जोनले निर्णायक गोल गरेपछि सेभियाले अल्भेसमाथि १–० को रोमान्चक जित निकालेको हो ।

    घरेलु मैदानमा सम्हालिएको प्रदर्शन गरेपनि अल्भेस ३७ औं मिनेटमा गोलको शिकार भएको थियो । सेभियाका लागि जोनले फ्रिकिकमार्फत गोल गरेका थिए ।

    दोस्रो हाफमा पुनरागमनको प्रयास गरेपनि सफल नहुँदा सेभिया १–० ले विजय भएको हो । जितसँगै सेभिया ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । ४ खेलमध्ये ३ मा जित निकालेको सेभियाको १० अंक छ । एट्लेटिको मड्रिड ९ अंकसहित दोस्रो स्थानमा छ ।
    पराजित अल्भेस ११ औं स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार