रु. ९९ मै सुबिसुको इन्टरनेट र क्लियर टीभी


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ ३०, २०७६

  • काठमाडौं । सुबिसु केबलनेट प्रालिले दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमै इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने भएको छ । यस प्याकेज अन्तर्गत ग्राहकहरुले मात्र रु. ९९ (कर सहित) मा एक महिनाको लागि ३० एमबिपिएसको इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियर टिभि प्रिमियम प्याकेज प्राप्त गर्न सक्नेछन् जसमा ७५ भन्दा बढी एचडी च्यानलसहित २७५ भन्दा बढी डिजिटल च्यानल रहेका छन् ।

    साथै मात्र १९८ (कर सहित) मा इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्ने बताइएको छ जसमा २५ एमबिपिएसको इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज रहनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार