खेलाडी किन्न मोटो रकम खर्च गर्ने १० प्रशिक्षकहरु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ३, २०७६

  • एजेन्सी । खेलाडी किन्नमा सबैभन्दा बढी खर्च गर्ने फुटबल प्रशिक्षकमा जोसे मउरिन्हो परेका छन् । ट्रान्सफर मार्केटले प्रकाशित गरेको एक तथ्यांक अनुसार म्यान्चेस्टर युनाइटेडका पूर्व प्रशिक्षक मउरिन्होले हालसम्म १.६ बिलियन युरो खर्च गरेका छन् । हाल कुनै पनि क्लबमा आबद्ध नभएका मउरिन्होले हालसम्म बिभिन्न क्लबको लागि ९७ जना खेलाडी अनुबन्ध गरेका छन् ।

    त्यस्तै, हाल नापोलीको जिम्मेवारी सम्हालीरहेका कार्लो एन्सेलोटीले ८५ खेलाडी अनुबन्ध गर्दा १.२ बिलियन युरो खर्च गरेका छन् । तेस्रो स्थानमा म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवला परेका छन् । सफल प्रशिक्षक ग्वार्डिवलालले ५२ खेलाडीलाई अनुबन्ध गर्न १.२ बिलियन युरो खर्च गरेका छन् ।

    हाल प्रिमियर लिग क्लब वेष्ट हाम सम्हालिरहेका म्यानुअल पेलेग्रिनीले १.१ विलियन खर्च गरेर ८२ खेलाडीलाई अनुबन्ध गरेका छन् । पाँचौ स्थानमा रहेका म्याक्स एलेग्रीले ८७ खेलाडी अनुबन्ध गर्नको लागि १ बिलियन खर्च गरेका छन् । उनी यसअघि युभेन्ट्सका प्रशिक्षक थिए ।

    त्यस्तै, आसिर्नी विङ्गरले १०३ खेलाडी अनुबन्ध गरेर ९६४ मिलियन, हाल इटालीका प्रशिक्षक रहेका रोवर्टो मान्चिनीले ७९ खेलाडी अनुबन्ध गरेर ८०२ मिलियन, हाल रोमका प्रशिक्षक क्लाउडियो रानियरीले ९५ खेलाडी अनुबन्ध गरेर ८०१ मिलियन, चिनिया क्लब डालियान यिफाङ सम्हालिरहेका राफा बेनिटेजले ९२ खेलाडी अनुबन्ध गर्न ७५३ मिलियन युरो तथा हाल आर्सनलका प्रशिक्षक रहेका युनाइ एम्रीले ९३ खेलाडी अनुबन्ध गर्दा ७०५ मिलियन युरो खर्च गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार