एउटै गेमबाट पीएसजी र समर्थकको मन जिते नाभासले


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ३, २०७६

  • काठमाडौं । रियल मड्रिडबाट गएकाे सिजनको अन्त्यमा पीएसजी आएका केलर नाभासले पीएसजी र पीएसजीका समर्थकको मन छोटो समयमा नै जित्न सफल भएका छन् । पहिलो खेल स्ट्रास्बोर्गसँग खेलेका नाभासले दोस्रो खेल आफ्नो पूर्व क्लब रियल मड्रिडविरुद्ध खेलेका हुन् । रियल मड्रिविरुद्धको खेलपछि पीएसजीका समर्थकहरुले उनको तारिफ गरेका छन् ।

    नाभासको दुई खेलको प्रस्तुतिले गर्दा उनी पीएसजीको पहिलो रोजाइको गोलकिपर बन्न सक्ने देखिएको छ । पीएसजीका गोलकिपरहरुमध्ये अल्फोन्स एरिओलाले पीएसजीमा रहेर चर्चा बटुल्न सके ।

    अर्का भरपर्दो गोलकिपर बुफनले पीएसजीका समर्थकहरुको मन जित्न सफल भएका थिए । तर अर्का गोलकिपर केभिन ट्यापले भने पीएसजीमा आफूलाई स्थापित गर्न सकेनन् ।

    प्रशिक्षक ट्युचेलले रियलविरुद्धको नाभासको खेलपछि पीएसजीले भरपर्दाे गोलकिपर अनुबन्धित गरेको प्रतिक्रिया दिएका थिए ।नाभासले पनि आफू पीएसजीमा आएर खुशी भएको बताएका थिए ।

    ‘मलाई पीडा भएको थिएन तर मैले गत सिजनमा बोकेको भारी बिसाउन चाहन्थे’, नाभासले भने । ‘यसअघि मैले हरेक खेलमा राम्रो प्रदर्शन गर्न खोजिरहेको हुन्थे । त्यो कुरा सबैलाई थाहा छ । तर मैले सोचेजस्तो मौका पाएको थिएन’, उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार