बार्सिलोनाका किशोर खेलाडी फातीलाई स्पेनिस नागरिकता


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, अशोज ४, २०७६

  • एजेन्सी । बार्सिलोनाका किशोर खेलाडी आन्सु फातीले स्पेनिस नागरिकता पाउने पक्का भएको छ । यसको अर्थ उनले स्पेनको राष्ट्रिय टिमबाट खेल्न सक्ने मार्ग खुलेको छ ।

    १६ वर्षका फाती उनी जन्मिएको गिनी–बिसाउबाट पनि खेल्न पाउँछन् । यस्तै आफ्ना हजुरबुवा–हजुरआमाको देश भएका कारण पोर्चुगलबाट पनि उनी खेल्न पाउने सम्भावना छ ।

    फातीले स्पेनिस नागरिकताका लागि दिएको निवेदन देशको आन्तरिक मामिला मन्त्रालयले अघि बढाएको हो । स्पेनको नागरिक बन्नका लागि कम्तिमा १० वर्ष त्यहाँ बसेको हुनु पर्छ र फाती पछिल्लो १० वर्षभन्दा बढी समयदेखि स्पेनमा छन् ।

    फातीले स्पेनको १७ वर्षमुनिको टिमबाट खेले पनि उनले सिनियर खेलमा आफ्नो अन्तर्राष्ट्रिय टिम छनौट गर्न पाउने छन्, गिनी बिसाउ, पोर्चुगल या स्पेन बिचमा ।

    गएको शनिबार उनी सबै भन्दा कम उमेर च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाको खेलाडी बनेका थिए । उनले ला लिगाका तीन खेलमा दुई गोल गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार