
एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले हजारौं एप निलम्बित गरेको छ ।
क्याम्ब्रिज एनालिटिकाले करोडौं प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गरेपछि प्रयोगकर्ताको डाटा चुहिनबाट रोक्न फेसबुकले यो कदम चालेको हो । कम्पनीले चार सय प्रयोगकर्ताहरु ले बनाएको एपहरु निलम्बित गरेको छ ।
तापनि निलम्बित गरिएका एपहरु प्रयोगकर्ताका लागी जोखिमपुर्ण भने नभएको फेसबुकले बताएको छ ।
सन् २०१८ मा क्याम्ब्रिज एनालिटिकाले अमेरिका लगायतका देशहरुको निर्वाचन प्रभावित पार्न झण्डै ९ करोड प्रयोगकर्ताको निजी जानकारी प्रयोग गरेको खुलेको थियो ।
आर्थिक अभियानबाट