एप्पलले आइओएस १३.१.१ मा ल्यायो नेपाली भाषा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज १२, २०७६

  • काठमाडौं । एप्पलले शुक्रबार ल्याएको आइओएस १३.१.१ अपडेटमा नेपाली भाषा समावेश गरेको छ। यसको आइओएस १३.१ सम्म नेपाली थिएन। यसअघि नेपाली लेख्न चाहनेले हिन्दी भाषाको किबोर्डको सहायता लिनुपर्थ्यो। आफ्नो आइफोन वा आइप्याड आदिमा नेपाली–भाषा राख्न यसको सेटिङ्गमा थिच्ने, यसपछि देखिने सूचीमा जनरल थिचेपछि अलि तल किबोर्ड देखिन्छ। किबोर्डमा थिचेपछि किबोर्ड्स आउँछ।

    किबोर्ड्स पनि थिचेपछि यसमा तपाईंले पहिलेदेखि राखेका वा फोन बनाउँदा राखिएका भाषा माथि हुन्छन् भने एड न्यु किबोर्ड आउँछ। त्यसमा थिचेपछि आउने भाषाको सूचीमा अक्षर(क्रममा नेपाली अलि तल देखापर्छ । तपाईंले नेपाली थिच्नुभयो भने नीलो टिक-मार्क आउनसक्छ वा आएन भने नेपाली(भाषा, पहिलेदेखि राखेका वा फोन बनाउँदा राखिएका भाषाको सूचीमा थपिन्छ।  यसपछि तपाईंले के ख्याल गर्नुपर्छ भने भाषा कसरी बदल्ने  पृथ्वी (ग्लोबको फोटो) थिच्दा भाषा बदलिन्छ। अंग्रेजी लेख्दा बीचमा नेपाली लेख्न मन लागे पृथ्वीमा थिच्दा भाषा बदलिन्छ।  नेपाली भाषा लेख्न चार वटा किबोर्ड हुन्छन् ।

    माथि फर्केको तिरमा थिच्दा थप अक्षरहरू आउँछन् । १२३ लेखेको की ले अंक देखाउँछ। १२३ थिचेर आउने किबोर्डमा एउटा तीनवटा चिन्हहरू ९३ं.० को किमा थिच्दा विभिन्न चिन्हहरूको किबोर्ड आउँछ।  आधा अक्षर भने जुन अक्षरको आधा चाहिएको हो, त्यो लेखेर हलन्त थिच्दा आधा अक्षर बन्छ। उच्चारणको हिसाबले क लाई आधा गरेर षमा जोडे क्ष बन्छ। सबै अक्षर बनिसक्दा ङ र ञ देखिदैन। यसका लागि न थिचिरह्यो भने अक्षरहरूको लस्कर आउँछ। त्यो लस्करमा ङ र ञ पनि देखिन्छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार