
ब्राजिलका फरवार्ड नेइमार फेरि घाइते भएका छन्।नेइजेरियाविरुद्ध आइतबार भएको मैत्रीपूर्ण खेलका दौरान नेइमार घाइते भएका हुन्।
१–१ को बराबरीमा सकिएको खेलमा उनी खेलको १२ मिनेटमै मैदान छाड्न बाध्य भएका थिए।
फ्रेन्च क्लब पिएसजीका २७ वर्षीय फरवार्ड नेइमार तिघ्राको समस्याले ग्रसित भएका थिए। उनी आफ्नो देब्रे तिख्रा समाउदै मैदान बाहिर निस्किएका थिए। घाइते भएसँगै नेइमारले आगामी अक्टोबर २२ मा हुने च्याम्पियन्स लिगअन्तर्गत क्लब ब्रुग्सविरुद्धको खेल गुमाउने खतरा बढेको छ।
खेलपछि ब्राजिलका प्रशिक्षक टिटेले नेइमार घाइते भएको बताउँदै छिट्टै निको हुने विश्वास व्यक्त गरेका थिए।