सर्जियो अगुइरो चढेको कार दुर्घटना


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, कार्तिक १, २०७६

  • एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका स्टार खेलाडी सर्जियो अगुइरो सवार गाडी दुर्घटनामा परेको छ । क्लबले बुधबारको लागि राखेको अभ्यास सत्रमा सामेल हुन जाँदै गर्दा उनी सवार गाडी दुर्घटनामा परेको हो ।

    अर्जेन्टिनाको राष्ट्रिय टिमका खेलाडी समेत रहेका अगुइरो इतिहाड क्याम्पसमा जाँदै गर्दा ८० हजार पाउण्ड पर्ने रेञ्ज रोभर गाडी दुर्घटना भएको हो । दुर्घटनाबाट गाडीको अगाडिको भागमा क्षति पुगेको छ । गाडीको चक्कामा क्षति पुगे पनि उनलाई भने केही पनि भएको छैन । गाडीमा क्षति भएको भए पनि उनी उक्त अभ्यास सत्रमा सामेल भएका थिए ।

    अगुइरो पहिलो पटक दुर्घटनामा परेका होइनन् । उनी सन् २०१७ मा नेदरल्याण्ड्सको आम्डरडाममा भएको दुर्घटनामा उनको करङमा चोट पुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार