
मिलान । क्रिस्टियानो रोनाल्डो र मिरालेम जानिचको गोल मदतले इटालीको सिरी ए मा युभेन्ट्सले शनिबार बोलोग्नालाई २–१ ले हरायो र शीर्ष स्थानमा आफ्नो पकड मबजुत बनायो ।
खेल अगाडि रोनाल्डोलाई गत साता पोर्चुगलका लागि गरेको गोलसँगै पूरा भएको सात सयौं गोलको सम्मानमा विशेष जर्सि प्रदान गरिएको थियो । यिनै ३४ वर्षीय रोनाल्डोले १९ औं मिनेटमा आप्mनो ७ सय १ औं गोल गरे ।
दोस्रो हाफको आठौ मिनेटमा जानिचले दोस्रँे गोल पथे । त्यस अगाडि डानिलोले बोगोग्नाका लागि एक गोल फर्काएका थिए । यसअघि एटलान्टा र लाजियोले ३–३ को बराबरी खेलेका थिए ।