इटालीमा चर्को आलोचना खेप्दै माथाइस डी लिग्ट


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, कार्तिक ४, २०७६

  • एजेन्सी । अघिल्लो सिजन आयाक्समा चम्केका डच फुटबलर माथाइस डी लिग्टले इटालियन क्लब आयाक्समा सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । युभेन्ट्सले ठूलो अपेक्षा गरेर उनलाई अनुबन्ध गरे पनि उनको प्रदर्शनले क्लबलाई निराश बनाइरहेको छ ।

    गत शनिबार सम्पन्न सिरी ए अन्तर्गतको खेलमा डी लिग्टको प्रदर्शनले झनै समर्थकहरुलाई निराश पार्यो । बोलोग्नाको घरेलु मैदानमा २–१ गोलको जित निकाले पनि डी लिग्टले कहिले डाइभ हाने भने कहिले आफ्नो जिम्मेवारी नै निर्वाह गर्न सकेनन् । धन्न उनको कमजोर प्रदर्शनलाई अर्का सेन्टरब्याक लियोनार्दो बोनुचीले उकासे ।

    उनको कमजोर प्रदर्शनको कारण आइतबार प्रकाशित इटालियन पत्रपत्रिकाहरुले चर्को आलोचना गरे । टुट्टोस्र्पोटस्ले ‘अपूर्ण’ भनेर समाचार प्रकाशित गर्यो भने अर्को पत्रिका गाजेट्टा डेलोले ‘अनियमित’ भनेर समाचार छापेको थियो । गत समरमा युभेन्ट्सले डी लिग्टको लागि ७५ मिलियन खर्च गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार