रोनाल्ड २०२० मा बार्सिलोनाको प्रशिक्षक बन्दै


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, कार्तिक ४, २०७६

  • एजेन्सी । बार्सिलोनाका प्रशिक्षक अरनेस्टो भलभरडेको जागिर विस्तारै धरापमा परेको फुटबल समिक्षकहरुले बताउँदै आइरहेका छन् ।

    उनले बार्सिलोनालाई ला लिगा उपाधि जिताउन सफल भए पनि सबैभन्दा अपेक्षित उपाधि भने च्याम्पियन्स लिगको हो ।

    उनी यस दोडमा बारम्बार लडेका छन् । गएको सिजन लिभरपुलले बार्सिलोनालाई सानदार कमव्याक गर्दै पाखा लगाएको थियो भने त्यस अघि रोमाले पछारेको थियो ।

    बार्सिलोनाले यस सिजन पनि च्याम्पियन्स लिगमा सुधार गर्न नसके पुर्व बार्सिलोनाका खेलाडी तथा नेदरल्याण्डका प्रशिक्षक रोनाल्ड कुम्यानलाई क्लबको जिम्मेवारी दिइने बताइएको छ ।

    बितेका दुई सिजनमा बार्सिलोनाले नयाँ खेलाडीहरु अनुबन्ध गर्नमा धेरै लगानी गरिसकेको छ । तर, सही प्रशिक्षक क्लबले नपाएका कारण मुख्य उपाधि दौडमा पछारिएको समिक्षकहरुको भनाइ रहेको छ ।

    मिडिया रिपोर्टका अनुसार सन् २०२० मा कुम्यान बार्सिलोनाको प्रशिक्षक बन्ने व्यापक सम्भावना रहेको छ । बार्सिलोनामाथि बारम्बार प्रशिक्षकको जिम्मेवारी र भुमिकालाई लिएर दबाब आइरहेका कारण पनि कडा निर्णय लिन बार्सिलोना बाध्य हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार