चिनियाँ ह्याकरविरुद्धको अभियोग अदालतमा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, कार्तिक १४, २०७६

  • काठमाडौँ । बैंकको सिस्टम ह्याक गरी एटिएमबाट करौडौँ रुपैयाँ निकाल्ने पाँच  चिनियाँ र एक फ्रान्सेलीसहित ९ जनाको बयान उच्च अदालत पाटनमा सुरु भएको छ।

    उनीहरुमाथि विभिन्न बैंकको एटिएम बुथबाट एक करोड ८७ लाख ९६ हजार पाँच सय रुपैयाँ निकालेको अभियोग छ। ह्याकरले निकालेको रकम साट्न सहयोग गरेको भन्दै काठमाडौँ प्रहरी परिसरको टोलीले २  जना नेपालीलाई पनि पक्राउ गरेको थियो।

    प्रहरीले फ्रान्सेली नागरिक छु लुई, चिनियाँ नागरिकहरू लिन जैनमेङ, लिओ जाइलेई, सु लायङगाङ, क्यू युनक्विङ, चेन बिनबिन र मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पक्राउ गरेको थियो।

    बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ। थुनछेक बहसपछि न्यायाधिशले पुर्पक्षमा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश गर्नेछन्। चिनियाँ ह्याकर समूहले गत भदौ १४ गत राजधानीमा विभिन्न एटिएम बुथबाट उक्त रकम निकालेका थिए।at

    प्रतिक्रिया
    सम्बन्धित समाचार