फेसबुकमा GRATULA लेख्दैमा सुरक्षित भइन्न


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, कार्तिक १६, २०७६

  • अहिले फेसबुकमा GRATULA आतंक मच्चिएको छ। बुझ्नु न सुझ्नु, फेसबुकमा धमाधम कपिपेस्ट भइरहेको छ यो कुरा। फेसबुकका संस्थापकले एउटा शब्द बनाएको रे GRATULA अनि त्यो शब्द कमेन्टमा लेख्दा रातो आयो भने तपाईँको फेसबुक ह्याक नभएको अनि कालो भयो भने चाहिँ ह्याक भएको भनेर लेखिएको छ। यो गलत हो। रातो आउनु र नआउनुले फेसबुक ह्याक भएको वा नभएकोसित कुनै सम्बन्ध राख्दैन।

    तर पनि धेरैले चलाउने फेसबुक भएकोले आफ्नो अकाउन्ट ह्याक भएको छ कि भनेर थाहा पाउनका लागि धेरैले यसो गरिरहेका छन्। यसअघि पनि फेसबुकमा यसरी नै BFF आतंक छाएको थियो।

    के हो त GRATULA ?

    GRATULA हङ्गेरी भाषाको शब्द हो। यसको अर्थ बधाई भन्ने हुन्छ। जसरी बधाई कमेन्टमा लेख्दा रातो हुने गर्छ, त्यसरी नै उस्तै अर्थ दिने हङ्गेरी भाषाको शब्द भएको हुनाले GRATULA लेख्दा पनि रातो हुने गरेको हो।

    नेपाली फेसबुकहरु माझ अहिले यो शब्द भाइरल भएको भए पनि विश्वमा अलि अगाडि नै अर्थात् सन् २०१८ तिर नै GRATULA आतंक छाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार