बलात्कारपछि गर्भवति भएकी १२ वर्षिया बालिकालाई रुपान्तरण समाज नेपालको सहयोग


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, कार्तिक २५, २०७६

  • काठमाडौं । कात्र्तिक २५ । बलात्कारमा परेर गर्भवति भएकी अछामकी बा¥ह वर्षिया बालिकालाई रुपान्तरण समाज नेपालले आर्थिक सहयोग र लत्ता, कपडा प्रदान गरेको छ । रुपान्तरण नेपालका अध्यक्ष क्रान्ती पराजुली, सचिब पेशल कुमार लुइँटेल, सह सचिब अर्चना न्यौपानेले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए । अछामको रामारोशन गाउपालिका ४ कि बालिकाको थापाथलीस्थित प्रसुती गृहमा उपचार भएको थियो । उनको उपचारका लागी अछामकै स्वास्थ्य चौकी लगेपछि पेटमा पाच महिनाको बच्चा हुर्किरहेको थाहा भएपछि उपचारका लागी काठमाडौं ल्याईएको थियो ।

    अछामका रामारोशन गाउपालिकाबाट बालिकाका ठूला बुबा कृष्ण बहादुरले उपचारका लागी काठमाडौं ल्याएका थिए । चिकित्सकको भाषामा बौद्धिक अपांगता भएकी बालिका बलात्कारमा परेकी थिईन् । प्रसुती गृहमा यि बालिकाको गर्भपतन गराइएको छ । उपचारमा लागेको सम्पूर्ण खर्च निःशुल्क गरिएको छ । सफल उपचारपछि वालिकालाई आइतबार डिस्चार्ज गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार