 
                            काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । जसअनुसार ९ जना मन्त्री थपिएका छन् भने ९ जना बाहिरिएका छन् ।नयाँ मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरुको सपथ भोलि बिहीबार हुने भएको छ । लामो समयदेखी मन्त्रिमण्डल पुनर्गठन हुने हल्ला चल्दै आएको थियो ।
कसको भागमा कुन मन्त्रालय ?
हृदयेश त्रिपाठी – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री,
घनश्याम भुसाल – कृषि तथा पशुपन्छी विकासमन्त्री,
रामेश्वर राय यादव – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री
लेखराज भट्ट – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
वसन्तकुमार नेम्बाङ – भौतिक पूर्वाधार तथा यातायात,
पार्वत गुरुङ, महिला – वालवालिका तथा ज्येष्ठ नागरिक
मोतीलाल दुगड – उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री
नवराज रावत – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री,
रामवीर मानन्धर – सहरी विकास राज्यमन्त्री
को-को बाहिरिए ?
श्रममन्त्री गोकर्ण विस्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादब, महिला वालवालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, कृषिराज्यमन्त्री रामकुमार चौधरी र स्वास्थ्यमन्त्री सुरेन्द्र यादव सरकारबाट बाहिरिएका छन् ।
नया“ मन्त्रीहरुलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति :
 
 

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    