आज स्वदेश फर्किँदै राष्ट्रिय फुटबल टोली


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर ५, २०७६

  • काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्वको खेल खेल्न भुटान गएको नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्किँदैछ । नेपाली टोली दिउँसो २ः२० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्ने अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जनाएको छ । नेपाली टोली कुवेतविरुद्धको होम खेल खेल्न भुटान गएको हो ।

    दशरथ रंगशाला तयार नभएपछि नेपालले भुटान गएको थियो । कुवेतको घरेलु मैदानमा भएको खेमला ७–० गोल अन्तरले पारजित भएको नेपाली टोली भुटानमा कुवेतसँग १–० गोलले पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार