![](https://frontlinenepal.com/wp-content/uploads/2019/11/8212e883c3accae3002f7b019e813910_w1000_h500_cp.jpg)
भारतको कर्नाटक राज्यमा अस्ट्रेलियाका एक नागरिक कुटिएका छन्। कर्नाटकको बदामी भन्ने स्थानमा मेलबर्नका २५ वर्षीय विलियम के जेम्सलाई स्थानीयले बाँधेर कुटपिट गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। मदिर पिएर युवतीलाई जिस्क्याएका कारण जेम्सलाई कुटपिट गरेको स्थानीयहरुको भनाइ छ।
बाँधेर निर्घात कुटिएपछि उनको ज्यान झन्डै गएको बताइएको छ। हाल गम्भीर घाइते उनको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले कुटपिटमा संलग्न केही युवालाई नियन्त्रणमा लिएको छ।
विलियम त्यहाँ पर्यटकका रुपमा पुगेका थिए।