प्रशिक्षक सारीसँग चिसीएको सम्बन्ध सुधार्दै रोनाल्डो


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर ५, २०७६

  • एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद्धको खेलमा सार्रीले रोनाल्डोलाई निकालेर मैदानमा पाउलो डिबालालाई पठाएपछि रोनाल्डो रंगशाला छोडेर गएका थिए ।

    रोनाल्डोको उक्त हर्कतको कारण युभेन्ट्सका समर्थकहरु रोनाल्डोप्रति आक्रोशित बनेका थिए । प्रशिक्षकको निर्णयलाई साथ नदिएको भन्दै उनीहरु रुष्ट बनेका हुन् । उक्त घटनापछि रोनाल्डो राष्ट्रिय टिमको खेलको लागि फर्किएका थिए । हाल उनी हाल युभेन्ट्सको सम्पर्कमा छन् । तर, उनी प्रशिक्षक सार्रीसँगको सम्बन्ध सुधार गर्ने पक्षमा रहेको ‘टुट्टो स्पोर्ट’को समाचारमा उल्लेख छ ।

    उनीहरुबीच युभेन्ट्स कम्प्लेक्समा भेट हुने र उनीहरुबीच रहेको मतभेद अन्त्य गेर्ने पक्षमा दुवै जना रहेका छन् । उनीहरुबीचको समस्याको समाधान गर्ने कुरालाई  क्लबले पनि जोड दिइरहेका छन् ।

    युभेन्ट्सले आगामी शनिबार एटलान्टाविरुद्ध खेल खेल्दैछ । उक्त खेल रोनाल्डोले पूरै ९० मिनेट नै खेल्ने अपेक्षा गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार