रियल मड्रिडका लुकास भास्क्वेजको खुट्टा फ्याक्चर


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, मंसिर ६, २०७६

  • एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका खेलाडी लुकास भास्क्वेजको खुट्टा फ्याक्चर भएको छ । रियल मड्रिडको भाल्डेबेबासमा रहेको जिममा उनी वर्कआउट गरिरहँदा जिमको वेट उनको खुट्टामाथि खसेको थियो ।

    क्लबका अनुसार उनको देब्रे बुढीऔला फ्याक्चर भएको छ । सोही कारणले उनले आगामी शनिबार रियल सोसिडाडविरुद्धको खेल गुमाउनेछन् । क्लबले उनको खुट्टाको उपचार भइरहेको र चाँडै नै निको हुने बताएको छ ।

    २८ वर्षीय विङ्गर कहिले मैदानमा फर्कन भन्नेमा केही टुंगो लागेको छैन । उनको चोट सहने क्षमताको आधारमा उनी मैदान फर्कने निर्णय हुने चिकित्सकहरुले बताएका छन् । जारी सिजनमा भास्क्वेज दोस्रो पटक घाइते भएका हुन् । पिडौलाको चोटको कारण उनले अक्टोबार दुई खेल गुमाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार